राजनदिल गुरुङ ।
चितवन,२३ माघ ।
पहिलो गीत “कृष्ण भिरमा जाम ” बोलको गीतबाटै दर्शक स्रोताको मन जितेका चर्चित लोक दोहोरी गायक मिलन लामा बिपन्न र समाज सेवाको लागि बिबाह , पार्टीमा गीत गाउने भएका छन् ।
गायक मिलन लामा गायक मात्र नभई समाजसेवी पनि हुन् । २०६२ सालमा लण्डनमा भएको एक सांस्कृतिक कार्यक्रममा आफुले लगाएको शिरको टोपी लिलाम गरेका थिए भने लिलाम बाट आएको रु ७२००० र मलेसियाको पारिश्रमिक करैयामा रहेको चेपांग स्कुललाई प्रदान गरेका थिए ।देश विदेशका कार्यक्रममा व्यस्त गायक मिलन लामाको कार्यक्रमबाट विभिन्न आयोजकहरुले गरिब प्राकृतिक प्रकोपबाट पीडित लगायतलाई सहयोग गरिरहेका छन नै लामा आफै पनि राहात तथा विभिन्न सहयोगहरुमा जुट्दै आएका छन् ।लोक दोहोरि क्षेत्रमा छुट्टै पहिचान बोकेका गायक लामा दोहोरि गीतको संरक्षक पनि हुन् । पछिल्ला गीतहरु ” बेसारे,घरमा पराल बारीमा बंसो ,हासेर बोल , गल्कोटे साइलो ” जस्ता कयौ चर्चित गीत नेपाली लोक संगीतमा दिएका गायक अबका दिनमा स्टेजमा मात्र नभई बिबाह , ब्रतबन्ध जस्ता उत्सबमा पनि रमाइलो गर्नेछन् । लोक गीतकै क्षेत्र भएपनि तीजको गीत गाउन मेरो मन मान्दैन भन्ने गायक बिपन्न जनताको लागि यसरि प्रस्तुत भएको बताउछन ।
प्रत्येक बर्ष गर्मि मौसममा झुल , जाडोमा न्यानो कपडा बाढिरहने लामाले २०७४ साउन २८ र २९ गते चितवनको बाढीमा परि घरबार बिहीन भएकाहरुका लागि घर बनाउने अभियान थालेका थिए ।सामाजिक सञ्जालमा मिलन होम नामको अभियान अन्तरगत उनले बाढीबाट घरबार बिहीन भएका रत्ननगर नगरपालिकाका ५ परिवारलाई पुर्न:स्थापना गर्न सफल भएका छन् । लामो समयको अथक प्रयासपछि मिलनले उक्त घर निर्माण गरि हस्तान्तरण गरिसकेका छन् ।