भरतपुर, २२ माघ ।
भरतपुर÷सामाजिक सञ्जालको समूह हेल्प फर ह्याप्पिनेसले भरतपुर–१२ स्थित आमाको माया छात्राबासलाई पुस्तकालय निर्माण गर्न सहयोग गरेको छ । अनाथ बालबालिकालाई अध्ययनमा प्रोत्साहन गर्ने गरी विभिन्न किताबहरु सहयोग गरेको छ ।
‘ह्याप्पिनेस बुक बार्टर’ अभियान मार्फत पुस्तकालय निर्माणमा सहयोग गर्दै आइरहेको छ । हेल्प फर ह्याप्पिनेसका अध्यक्ष नविन तिवारीले कोर्ष बाहेकका उपयोगी विविध पुस्तकहरु सहयोग गरिएको जानकारी दिए । बाल साहित्य, सामान्यज्ञान, निबन्धसंग्रह, व्याकरण लगायतका किताबहरु सहयोग गरिएको थियो । सो अवसरमा भरतपुर महानगरपालिकाका उपमेयर पार्वती शाह, छात्राबासकी अध्यक्ष कृष्णकुमारी श्रेष्ठ, विद्यार्थी नेता प्रमेश्वर खनाल, सन्दीप गुनी, ह्याप्पी फर ह्याप्पिनेसका काशिराम चालिसे लगायतले मन्तव्य राखेका थिए । सो अवसरमा चित्रकलाका लागि आवश्यक सामाग्री, कपी कलम पनि सहयोग गरिएको थियो ।