लेखराम सापकोटा
२१ माघ ,
कावासोती, नवलपुर ।
जमुना न्यौपानेको उपन्यास कैली माथि यहाँ छलफल गरिएको छ । नारी साहित्य समाज नवलपुरको आयोजनामा कावासोतीस्थित मध्यविन्दु क्याम्पसमा एक समारोहविच उपन्यासमाथी चर्चा गरिएको हो ।
छलफल कार्यक्रममा बोल्दै पत्रकार लेखराम सापकोटाले कृति नारी मनोबिज्ञानमा आधारित भैकन पनि नारीका यावत समस्याहरुलाई चित्रण गर्न सफल रहेको बताए । प्रमुख अतिथी डा. धनपति कोइराला, टिकादेवी सापकोटा, कृष्णादेवी शर्माले कृतिले समेटेको बिसयमा बोलेका थिए ।
उपन्यासकी लेखिका जमुना न्यौपानेले उच्च शिक्षा अध्ययनका क्रममा नवलपरासीबाट काठमाडौं जाँदै गर्दा बसमा भेटिएका तेस्रो लिङ्गीसँगको कुराकानी पश्चात् उपन्यासको `बेस´ बनाईएको बताईन् । सबै उमेर समूहका पाठकले कृति पढ्न मिल्ने गरि लेखिएको पनि बताईन् ।
कार्यक्रममा सदानन्द जैसी, दीपक सोती, दयाराम आचार्य, अर्जुन अविरल, लोकनाथ चापागाईं, जीवन युगिन, दीपक भट्टराई, लिला राना मास्के, श्रीषा साही, आदर्श सुशील लगायतको उपस्थिति रहेकोे थियो ।