भरतपुर, १९ माघ ।,
नेपाल विद्यार्थी संघ चितवनले स्कुल कलेजमा इकाइ कमिटि गठन अभियान चलाएको छ । भरतपुर स्थित मिलेनियम कलेजमा पंकज ढकाल, नारायणी पव्लिक कलेजमा अमित पाण्डे, नारायणी नमूना माविमा सवना खातुनको अध्यक्षतमा नयाँ कमिटि गठन गरेको छ । नेविसंघ चितवनका पूर्वसचिव प्रमेश्वर खनाल, सप्तगण्डकी कलेज इकाइ कमिटिका अध्यक्ष राजेश भुषाल, सचिव साजन गुरुङ लगायतको नेतृत्वमा इकाइ कमिटि गठन भएका हुन् । नेविसंघका धेरै स्कुल कलेजमा समानान्तर कमिटि गठन गर्ने होडबाजीनै चल्ने गरेको छ । संघलाई बलियो बनाउन सर्वपक्षिय इकाइ कमिटि बनाइएको पूर्वसचिव खनालले बताए ।