१८ माघ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए।
पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दु/दुई, हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको गोइतले बताए।
मूल्य बढेपछि पेट्रोलको मूल्य लिटरको एक सय चार रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ८३ रुपैयाँ, हवाई इन्धनको मूल्य ९५ रुपैयाँ पुगेको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ। बृद्धि भएको मूल्य विहीवार राति १२ बजेपछि कार्यान्वयनमा आउने छ।