१७ माघ ।
चितवनका चस्मा व्यवसायीहरु संगठित भएका छन् । जिल्लामा रहेका चस्मा व्यवसायीहरुको भेलाले मंगलबार भरतपुरमा नेपाल चस्मा व्यवसायी संघ चितवन गठन गरिएको हो ।
संघको प्रथम साधारणसभा एवम् अधिवेशनले प्रकाश पौडेलको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा सरस्वती अर्याल, सचिवमा सुवोध पौडेल, कोषध्यक्षमा भगवती घिमिरे र सदस्यहरुमा सरोज पौडेल, भाष्करचन्द्र न्यौपाने, रामशरण अर्याल र शान्ता कँडेल निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले चस्मा व्यवसायीहरु संगठित भएर राम्रो काम गरेको बताउँदैै आगामी दिनमा संघको बस्तुगत संगठनका रुपमा अघि बढ्न सुझाव दिए । संघका प्रथम उपाध्यक्ष सुमनकुमार श्रेष्ठले चस्मा व्यवसायीको व्यावसायिक समस्या समाधानका लागि पहल गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।
चस्मा व्यबसायी संघमा हाल जिल्लाका मुख्य बजार क्षेत्र पर्सा, टाँडी, भरतपुर र नारायणगढका गरी ३५ जना संगठित छन् । चितवनमा वार्षिक झण्डै १० करोड रुपैयाँ बराबरको चस्माको कारोबार हुने गरेको व्यवसायीहरुको अनुमान छ । नवनिर्वाचित अध्यक्ष पौडेलले नेपालमै पहिलो पटक चस्मा व्यवसायीहरु चितवनमा संगठित भएको दावी गरे । यस कार्यले देशभरका चस्मा ब्यवसायीहरुलाई संगठित बन्न उत्प्रेरित गर्ने पौडेलको भनाइ थियो ।
कार्यक्रममा भरतपुर आँखा अस्पतालका पूर्व नेत्र अधिकृत हरिप्रसाद घिमिरे, अधिवक्ता महेशचन्द्र न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
चस्मा व्यवसायी संघमा पौडेल
चस्मा व्यवसायी संघमा पौडेल
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस