१५ माघ,चितवन । नेकपा (एमाले(का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले एमाले र नेकपा ९माओवादी केन्द्र०बीचको पार्टी एकता र संघीय सरकारमा पनि ७०/३० कै हाराहारीमा हुने बताएका छन् ।
प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेल प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६०/४० को भागबन्डा गरेपनि चुनावको परिणामले दुई पार्टीलाई ७०/३० को अनुपातमा लगेको बताए ।
प्रदेशमा ७०/३० को भागबन्डा गरिएको बताउँदै नेता पाण्डे भने, ‘राष्ट्रियसभा र प्रदेशको सिट बाँडफाँड ७०/३० प्रतिशतको आधारमा गरिएको छ, पार्टी एकीकरण र संघीय सरकार पनि त्यसै अनुपातमा हुनसक्छ ।’
उनले एक जना मन्त्री यता र उता हुँदा प्रतिशतमा तलमाथि भए पनि समग्रमा यसैलाई आधार मानिने स्पष्ट पारे ।
नेता पाण्डेले भन्नुभयो ‘एमालेलाई ६० देखि ७० प्रतिशत र माओवादी केन्द्रलाई ३० देखि ४० मा घटी बढी नहुने गरी पार्टी र सरकारको भागबन्डा मिलाईन्छ ।’
पार्टी एकीकरणका लागि विभिन्न आधार तय गरिएको बताउँदै उहाँले पार्टी एकीकरण भन्दा पहिला नै सरकार गठन हुने बताए । नेता पाण्डे दुई वटा पार्टी भएर सरकारमा जाँदा धेरै कुरामा फाइदा हुने बताउँदै दुई पार्टीबीच अहिलेसम्म कुनै बिमति नरहेको र पार्टी एकीकरण पनि सहज रुपमा हुने दाबी गरे ।
पूर्वअर्थमन्त्रीसमेत रहेका पाण्डेले सरकारले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने खालका निर्णय गर्नु लोकतान्त्रिक पद्धती विपरित भएको उल्लेख गर्दै देउवा सरकारका निर्णयले अर्थतन्त्र धरासायी हुने बताए ।
चितवनले प्रदेशको राजधानी नपाए पनि आर्थिक राजधानी बन्न कसैले रोक्न नसक्ने बताउँदै उनले भने, ‘चितवन नमूना आर्थिक राजधानी बन्छ, यसलाई कसैले रोक्न सक्दैन ।’ चितवनले राजधानी र मन्त्री नपाए पनि यहाँको विकास र समृद्धि नरोकिने पनि उनले बताए ।