चितवन । माघ १५ सोमबार
माघ १६ गते मंगलबार (भोलि) देखि फागुन २ गतेसम्म भरतपुर (जुनियर प्रहरी अधिकृत शिक्षालय) मा प्यासिफिक कलेज अष्टे«लिया चौथो चितवन च्याम्पियनसिप कप–२०७४ को खेल हुँदैछ । यस पटक प्रतियोगितामा पहिलो हुनेले पुरस्कार नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ हात पार्नेछ ।
आयोजक एभरेष्ट क्लव भरतपुरका अनुसार कुल १६ टिम सहभागी हुने खेलमा उद्घाटन खेलमा बसन्तपुर माडीका विरुद्ध हर्दी युवा समाज भण्डाराबीच हुनेछ । खेलको अन्तिम तयारीबारे आयोजकले सोमबार खेलमैदान परिसरमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दर्शकको चाहना र माग अनुसार उद्घाटन खेलमा प्रवेश निशुल्क रहेको क्लवका अध्यक्ष अशोक देवकोटाले बताए । खेल दिनको १ वजे सुरु हुनेछ ।
कहिले कहिले कुन खेल
उद्घाटन खेल माघ १६ गते बसन्तपुर यूनाइटेड क्लव माडीका विरुद्ध हर्दी युवा समाज भण्डाराबीच हुने आयोजक क्लवका अध्यक्ष अशोक देवकोटाले बताए । त्यस्तै १७ गते रामनगर फुटवल क्लव विरुद्ध नारायणगढ फुटवल क्लव, १८ यूनिक फुटवल क्लव भरतपुर विरुद्ध रामपुर फुटवल क्लव, १९ दी फेमस दल गण आर्मी भरतपुर विरुद्ध गैंडाकोट फूटवल क्लव, २० अभिषेक चर्च रजहर विरुद्ध जु फुटवल क्लव जुगेडी, २१ भरतपुर फुटवल क्लव विरुद्ध टाँडी यूनाइटेड फुटवल क्लव, २२ नारायणी फुटवल क्लव विरुद्ध जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र २३ गते नयाँ वस्ती फुटवल क्लव विरुद्ध आयोजक एभरेष्ट फुटवल क्लव रहने आयोजकले जनाएको छ ।
माघ २४, २५ २६ र २७ गते क्वाटर फाइनलका खेल हुने छन् । त्यस्तै २८ र २९ गते सेमीफाइनल तथा फागुन २ गते फाइनल खेल हुने क्लवका अध्यक्ष देवकोटाले जानकारी दिए ।
पुरस्कार
प्रतियोगितामा पहिलो हुनेलाई पुरस्कार नगद २ लाख २२ हजार २ सय २२ रहेको छ । पहिलो हुनेले नगद पुरस्कार सहित च्याम्पियन कप, मेडल र प्रमाणपत्र पाउनेछ । त्यस्तै उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ र मेडल रहेको छ ।
सेमीफाइनलबाट बाहिरिने दुई टिमले नगद २५ हजारका दरले पाउने आयोजक एभरेष्ट क्लवका अध्यक्ष अशोक देवकोटाले बताए । उत्कृष्ट खेलाडी पुरस्कार नगद १० हजार विभिन्न ५ विधामा दिइने उनले जानकारी दिए ।
खेल नकआउट आधारमा खेलाइने अध्यक्ष देवकोटाले बताए । यस खेलेको मुख्य प्रायोजक प्यासिफिक कलेज अफ टेक्नोलोजी रहेको छ ।