लेखराम सापकोटा
१३ मघ ।
चियासँग कविताको ४१ औं शृङ्खलामा कवि बिमल वैद्य सुनिए । भरतपुर स्थित ग्लोबल होटेलको हलमा आयोजित कार्यक्रममा कविले एक दर्जन कविता सुनाए । पानीको संगीत शिर्षकको कविता बाट वाचन सुरुवात गरेका उनले प्रेमको सिम्फोनी धून, क्रान्तिको परिभाषा, हाम्रो सपना, बुढो चियाबारी र सत्ता, आमा र नानीहरू गरि पहिलो चरणमा ६ वटा कविता सुनाए ।
कवि बैद्यका कविता सुनिसकेपछी बालकृष्ण थपलिया, दुर्गा तिवारी, बसन्तमोहन अधिकारी, विक्रम केसी, अविरल यात्री, धनराज गिरि, गायत्री श्रेष्ठ, गोविन्दराज बिनोदी, ईश्वर कँडेल, पुष्प अधिकारी अञ्जली लगायतले टिप्पणी राखेका थिए । दोस्रो चरणको सुरुवातमा उनले एउटा मुक्तक सुनाए । त्यसो त उनी चितवनमा आयोजना गरिएको मुक्तककै कार्यक्रममा प्रमुख अतिथी भएर चितवन आएका हुन् । त्यसपछि साँझ संवाद, साँझ शब्दचित्र, यतिबेला उनीहरु, मौनता, प्रेमको लय, आँखाबाट नहराउने तस्वीर, आँधी थामिएपछी शिर्षकका कविता सुनाएर कार्यक्रमको बीट मारे । सुन्दर नगरी इलाममा जन्मे हुर्केका कवि बैद्यका कविता समसामयिक हुनुका साथै इलामको सुन्दरताको बर्णन गरिएको गायत्री श्रेष्ठले बताईन् ।