चितवन,११ माघ |
अखिल ने पाल राष्ट्रियस्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) नेपाल पोलिटेक्निक कलेजको ईकाइ अध्यक्षमा सुजन पाठक चयन भएका छन।
अनेरास्ववियु चितवनका कमिटि सदस्य सागर पाठकको संयोजकतामा आज बसेको इकाई भेलाले पाठकलाई चयन गरेकाे हो । उपाध्यक्षमा शिवहरी सुवेदी , सचिवमा धनराज सार्की , सह–सचिवमा उषा किरण अधिकारी र कोषाध्यक्षमा दुर्गा देवी कँडेल सहित सर्वसम्मत रुपमा १९ सदस्य मूल इकाई कमिटी चयन गरेको छ ।
कार्यक्रममा अनेरास्ववियुका केन्द्रिय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज प्रकाश भट्टको प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठक, जिल्ला संयोजक धिपन भण्डारी, जिल्ला कमिटि सदस्य शुशील के.सी.लगायतको उपस्थिती रहेको थियो ।