भरतपुर,१० माघ ।
चितवनमा मोहन वैद्य निकट विद्यार्थी संगठनले मंगलबार प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र बुझएका छन् ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का जिल्ला संयोजक अमित सापकोटाद्वारा जारी ज्ञापनपत्रमा वीरगञ्जको छप्कैया भारतीय पक्षले कब्जा गरेको जमिनलगायत देशैभरि अतिक्रमण भएको जमिन, राष्ट्रियता, जनजीवनसँगै विद्यार्थीको हकअधिकारमा संवेदनशील र संघर्षरत रहेको जानकारी गराउँदै ६ बुँदे माग समेटिएको ज्ञापनपत्र बुझएका हुन् ।
अखिल क्रान्तिकारीले जग्गा अतिक्रमणबाहेक अन्य पाँच वटा बुँदामा शिक्षासम्बन्धी माग पेश गरेको छ । क्षमताभन्दा बढी विद्यार्थी ओसार्ने बोर्डिङ स्कूललाई कारबाही हुनुपर्ने, जिल्ला शिक्षा कार्यालयअन्तर्गत शाखाहरु स्थानीय निकायमा गाभिएपछि परीक्षा, नियमनलगायत पैदा भएका प्रशासनिक जटिलतालाई अबिलम्व हल गनुपर्ने ज्ञापनपत्रमा माग गरिएको छ ।