भरतपुर,१० माघ ।
रोट¥याक्टहरुको राष्ट्रिय सम्मलेनको तयारी सुरु भएको छ । गैंडाकोटस्थित नारायणी रिसोर्टमा ‘डिष्ट्रिक्ट कन्फरेन्स’ हुन लागेको हो । यही माघ १२ गतेदेखि दुई दिनसम्म चल्ने सम्मलेनले ‘रोटा इयर २०१९÷२०’ का लागि डिष्ट्रिक्ट रोट¥याक्ट रिप्रिजेन्टेटिभ (डीआरआर) समेत छनौट गर्ने जनाइएको छ ।
नारायणगढमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय सम्मेलनको तयारी तीव्र बनाइएको जनाइएको छ । रोट¥याक्ट क्लब अफ भरतपुरका पूर्वअध्यक्ष तथा जोनल रोट¥याक्ट रिप्रिजेन्टेटिभ (जेडआरआर) विष्णुकान्त काफ्लेले रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ अन्तर्गतका १ सय २२ क्लबको सहभागिता रहने जनाए । रोट¥याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल–भुटानमा रहेका क्लब समावेश छन् ।
“सम्मेलनमा १ हजार १ सय बढी रोट¥याक्ट क्बल सहभागी हुनेछन्”, उनले भने, “सम्मेलनले सामाजिक अभियानलाई थप सशक्त बनाउन भूमिका खेल्नेछ, सहकार्य झनै बढ्नेछ ।” सम्मेलनमा रोट¥याक्टको व्यक्तित्व विकासलाई लक्षित गरी विविध कार्यक्रमसमेत हुने जनाइएको छ । सो अवसरमा रोट¥याक्ट हाजिरीजवाफ प्रतियोगिता, जनचेतनामूलक पोलियो उन्मूलन ¥याली, वृक्षरोपण कार्यक्रम हुनेछन् । सम्मेलनको रोटरी डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर सञ्जय गिरीले उद्घाटन गर्नेछन् । रोट¥याक्ट क्लब अफ चितवनका अध्यक्ष जनककुमार ढकालले रोट¥याक्ट अभियानलाई थप सक्रिय बनाउन सम्मेलनले भूमिका निर्वाह गर्ने बताए ।
रोट¥याक्ट क्लब अफ भरतपुरका निवर्तमान अध्यक्ष भानुभक्त खरेल, रोटरी डिष्ट्रिक्ट सवकमिटी रोट¥याक्टको चियर निरञ्जन प्रधानले रोट¥याक्टबारे जानकारी गराएका थिए । रोट¥याक्ट डिष्ट्रिक्ट कमिटीले गर्न लागेको सम्मेलनकोे स्थानीय आयोजक क्लबको रुपमा रोट¥याक्ट क्लब अफ भरतपुर, रोट¥याक्ट क्लब अफ चितवन, रोट¥याक्ट क्लब अफ रुद्रमति बबरमहल रहेका छन् । यस्तै जोन–२ अन्तर्गतका सबै क्लबहरु सह–आयोजकको रुपमा रहेका छन् । चितवनका सबै ६ वटा रोटरी क्लबले सहयोग गरेका छन् ।