भरतपुर, ८ माघ ।
चितवनका विद्यार्थी नेताजोडीले जनवादी विवाह गरेका छन् । जिल्ला पार्टी कार्यलयमा अनेरास्ववियु क्रान्तिकारी जिल्ला समिति चितवनको आयोजनामा सुर्खेत निवासी बसन्त आचार्य र मूना काप्रीले प्रगतिशील विवाह गरेका हुन् ।
आचार्य अनेरास्ववियु चितवनका संयोजक हुन् भने काप्री सोही संगठनका केन्द्रीय सदस्य छिन् । परम्परावादी विवाहलाई तोड्दै यस्तो विवाह गरेको उनीहरुले बताए । नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य सूर्य सुवेदी ‘पथिक’ प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा माओवादी केन्द्र चितवनका ईञ्चार्ज ईश्वरी भट्टराई र भरतपुर महानगर प्रमुख रेनु दाहालको उपस्थिति रहेको थियो । कार्यक्रम अनेरास्ववियुका केन्द्रीय सदस्य सुरजसिहं ठकुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।