माघ ७,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ टेलिफोन गरेर बधाई दिएका छन् ।
प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका रुपमा हेरिएका केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तासमेत दिएका ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
अधिकारीले भने, ‘ओलीलाई प्रधानमन्त्रीको रुपमा भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको भन्दै भारतीय प्रधानमन्त्रीले शुभकामना दिनुभएको थियो ।’ अध्यक्ष ओलीले पनि प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको अधिकारीले बताए ।