माघ ७ गते । रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा आयोजित नवौ रत्ननगर महोत्सव आईतवार सकिएको छ । यही पुष २७ गतेदेखी सुरु भएको महोत्सवको आईतवार एक समारोहकाबीच समापन गरिएको हो । कृषि र व्यवसायिक हिसावले रत्ननगर महोत्सव लक्ष्य अनुसार सफल भएको महोत्सवका संयोजक एवंम् संघका अध्यक्ष राजाराम रेग्मीले वताए । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र करिव ५० करोडको कारोवार गर्ने लक्ष्य लिईएको थियो । चारै तिर महोत्सव हुँदा केही शंका थियो महोत्सवका संयोजक रेग्मीले भने व्राण्डको रुपमा स्थापित भईसकेको यस रत्ननगर महोत्सव पूर्ण रुपमा लक्ष्य अनुसार सफल भएको हाम्रो दावी छ । कृषि,पर्यटन र व्यापार प्रर्वद्धन गर्ने उदेश्यसहित आयोजित सो महोत्सवमा करिव ४ सय ५० वटा स्थल रहेका थिए । महोत्सव अन्र्तगत आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई समापनका अवसरमा पुरस्कृत गरिएको थियो । समापन समारोहका प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी,रत्ननगर नगरपालिकाका मेयर नारायण वन,महोत्सवका संयोजक रेग्मीले विजयीहरुलाई पुरस्कृत गरेका थिए । सो अवसरमा वोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति चितवनका प्रमुख डल्लाकोटी यस्ता मेला महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्तुको प्रर्वद्धन हुनुका साथै रोजगारीका लागि बाटो सृजना गर्ने वताए । मेला महोत्सवबाटै जिल्लाको समृद्धी हुने समेत डल्लाकोटीको भनाई थियो । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले महोत्सवमा राखिने विभिन्न खेलहरुबाट विदेश पैसा जाने भएकाले यहीको उत्पादन,मौलिकतालाई प्राथमिकता दिनु पर्ने वताए ।
रत्ननगर नगरपालिकाका मेयर नारायण वनले महोत्सवमा निर्माण गरिएको धरहराले सवैको ध्यान तानेको भन्दै भुकम्पले ढकाएको धरहरा वनाउन सवैले अपनत्व ग्रहण गर्नु पर्नेमा जोड दिए । यस पटकको रत्ननगर महोत्सवमा वास,सेतो कपडा र प्लाईउडबाट निर्माण गरिएको धरहरा मुख्य आकर्षण रहेको थियो । महोत्सवका संयोजक राजाराम रेग्मीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कार्यक्रम निर्देशक डाक्टर नरहरी घिमिरे,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान,नेकपा एमाले चितवनका कार्यवहाक अध्यक्ष तेजेन्द्र खड्का,नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य संगीता भट्टराई,संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ,महासचिव निराजन खनाल लगायतले मन्तव्य राखेका थिए ।