चितवन, ६ माघ । चितवनमा अष्ट्रेलियन युनिर्भसिटिका प्रतिनिधिहरुको सहभागीमा अहिलेसम्मकै ठूलो अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर हुने भएको छ ।
ग्लोबल रिच नेपाल चितवन शाखाको आयोजनामा होटल गार्डेन रिर्सोटमा अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुको सहभागी गराई अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै एजुकेशन फेयर गर्न लागेको ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिए ।
आगामी मंगलबार ९ गते फेयरको एक समारोहका विच शिक्षा राज्य मन्त्री शेषनाथ अधिकारीले उद्धघाट गर्ने भएका छन् ।
यो पटकको फेयरमा अष्ट्रेलियाका चर्चित विश्वविद्यालयहरु स्वयम सहभागी भई विद्यार्थीहरुलाई जानकारी दिने उनले बताए ।
साथै यो पटकको फेयरमा नेपालका ६ वटा चर्चीत बैकहरु शिक्षा लोन सम्बन्धी बैकिङ्ग प्रोसेस सम्बन्धी जानकारी दिने समेत भएको यो विद्यार्थीहरुका लागि निकै उपयोगी हुने उनले बताए । फेयरमा नेपाल एसविआई बैक, लक्ष्मी बैक, सानिमा बैक र एनआईसी एसिया बैक सहितका बैकले छुटै स्टल राखि विद्यार्थीहरु जानकारी दिने पौडेलले बताए ।
अष्ट्रेलियन युनिर्भ्सिटि फेयरमा अष्ट्रेलियाका १४ वटा युनिभर्सि्िटका प्रतिनिधिहरुको सहभागिता रहनेछ
उहाँका अनुसार अष्ट्रेलियन युनिर्भसिटि फेयरमा सेन्ट्रल क्वीन्सल्याण्ड युनिर्भसिटी, डेकिन युनिर्भसिटी, भिक्टोरिया युनिर्भसिटी, लाट्रोब युनिर्भसिटी, म्याक्वारी युनिर्भसिटी, चाल्र्स स्टट युनिर्भसिटी, युनिर्भसिटी अफ न्यू इङल्याण्ड, वेष्टन सिड्नी युनिर्भसिटी, युटिएस इन्सर्च र एपिआईसी कलेज, आईसीएमएच कलेज लगायतका कलेज तथा युनिर्भसिटीको उपस्थिति रहने पौडेलले बताए ।
भरतपुर गार्डेन रिसोर्टमा हुने फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले यी युनिर्भसिटीका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा अष्ट्रेलियन शिक्षा बारे जानकारी पाउन सक्ने छन् ।
फेयर विहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म चल्ने छ ।