भरतपुर,५ माघ ।
शैक्षिक परामर्श संस्था एईसीसी ग्लोबलले भरतपुरमा शैक्षिक मेला गरेको छ । ‘अष्ट्रेलिया एड्मिसन डे’ का रुपमा चितवनका विद्यार्थीलाई लक्षित गरी शैक्षिक परामर्श दिएको छ ।
भरतपुरमा आयोजित शैक्षिक मेलामा ३५० भन्दा बढी विद्यार्थी र अभिभावकले परामर्श लिएका थिए । मेलाको ब्राण्ड एम्बेसडर तथा चर्चित कलाकार सुनिल थापा, एईसीसीका निर्देशकहरु रञ्जितकुमार अग्रवाल र सचिन उपाध्यायलगायतको सहभागिता थियो । एईसीसी ग्लोबलका डेष्टिनेशन हेड सैलेशकुमार झाले अष्ट्रेलियामा रहेका शैक्षिक अवसरबारे परामर्श दिइएको बताए । “अष्ट्रेलियन कोर्षबारे अष्ट्रेलियन १४ वटा विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिएका छन्”, उनले भने, “८ जना अष्ट्रेलियन नागरिक र अन्य ७ जना प्रतिनिधिले जानकारि दिएका थिए ।”
छात्रवृत्ति, भिसा डक्युमेण्टेन्सनलगायतका बारेमा समेत सहजीकरण गरिएको बताए । “विश्वविद्यालयकै प्रतिनिधिमार्फत जानकारी एकै थलोमा पाउँदा विद्यार्थी, अभिभावक निकै खुसी बनेको पाइयो”, उनले भने, “अष्ट्रेलिया तेस्रो शैक्षिक गन्तव्यका रुपमा चर्चित छ, इच्छुक विद्यार्थी धेरै छन् ।” हरेक वर्ष दुई दिन अष्ट्रेलिया एड्मिसन डेका रुपमा शैक्षिक मेला गर्दै आएको बताए । सन् २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ ।
प्रधान कार्यालय मेलबर्न अष्ट्रेलियामा छ । एईसीसीले न्युजील्याण्ड, क्यानेडा, यूएसए र यूकेकालागि समेत शैक्षिक परामर्श प्रदान गर्ने गरेको छ । संस्थामा ४० भन्दा बढी क्यूईएसी प्रमाणित शैक्षिक सल्लाहकारहरु आबद्ध छन् । योग्य तथा उत्कृष्ट विद्यार्थीका लागि कलेजमा सर्वाधिक छात्रवृत्तिका लागि परामर्श दिने गरेको उनले बताए ।
गत वर्ष आयोजित अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सय भन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए । यो वर्ष माघ २ गतेदेखि ५ गतेसम्म नेपालका विभिन्न शहरमा शैक्षिक मेला गरिदै छ । माघ ५ गते पोखरा (होटल पोखरा ग्राण्डी) मा विहान १० देखि बेलुकी ५ बजे सम्म शैक्षिक मेला हुदैछ । यस्तै माघ १६ गते काठमाडौंमा भएको शैक्षिक मेलामा एक हजार बढी विद्यार्थीको सहभागिता रहेको थियो ।