३ माघ / सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी राजधानी तोकेको छ।
मन्त्रिपरिषदको बुधबारको बैठकले प्रदेश नम्बर १ को विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई अस्थायी राजधानी तोकेको हो ।
यस्तै प्रदेश प्रमुखमा प्रदेश नम्बर १ को प्रमुखमा डाक्टर गोविन्द सुब्बा, प्रदेश नम्बर २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश नम्बर ३ मा अनुराधा कोइरालालाई सरकारले प्रमुखमा नियुक्त गरेको छ ।
यस्तै प्रदेश नम्बर ४ मा बाबुराम कुँवर, प्रदेश नम्बर ५ मा उमाकान्त झा, प्रदेश नम्बर ६ मा दुर्गाप्रसाद खनाल र ७ मा मोहनराज मल्ललाई नियुक्त गरेको छ ।
सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख
सरकारले तोक्यो अस्थायी राजधानी र प्रदेश प्रमुख

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस