कमलनाथ पौडेल
लोकतान्त्रिक ब्यवस्थामा विचार नमिल्नेसँग पनि सहकार्य गरिन्छ | वहुलवादी खुल्ला समाज, स्वतन्त्र विचार धारामा विश्वास गर्ने पार्टीले मात्र गर्न सक्छ | यहाँ सकारात्मक सोच र कुशल नेतृत्वले यो देश वन्ने जति संभावना छ | त्यतिकै नकरात्मक सोच र दुर्वल नेतृत्वले विग्रने खतरा पनि छ | अर्काले दिएको अधिकार धेरै टिक्दैन र क्रान्ति भन्न पनि मिल्दैन | भिक्षामा परिणत र भिकमा पाएको लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्र धेरै टीक्दैन | यहाँ निजी स्वार्थ पूर्तिका लागि चाप्लुसी गर्नेलाई मात्र कार्यकर्ता सम्झने प्रबृत्तिले ज्यानको आहुति दिने कार्यकर्ता सहिदलाई गिज्याइरहेको छ | कुनै पनि मानिसको मुल्यांकन उसको कर्मको आधारमा हुनुपर्ने थियो | तर, सत्तामा पुगेका नेताहरूले वास्तविक लोकतन्त्रमा झै आमनागरिकको सेवक वन्नु भन्दा जनताको मालिक वनेर शासन गर्ने प्रबृति देखियो | सामन्ती चिन्तन र दम्भ ब्यवहार मौलाउँदै जाँदा कताकता देश अस्थिरतामा जान लागेको भान भईरहेको छ | लामो समय देखि अकुत सम्पति जोहो गर्ने परिपाटीले देशमा जरो गाडेको छ | इतिहास, संकृतिलाई निमिटयान्न पार्दै अर्थनीति, बैदेशिक नितिमा अडिग नभई दिदा भ्रष्टाचारलाई मलजल गर्ने काम भईरहेको छ | त्यसलाई उखेल्न एउटा बैज्ञानिक र अग्रगमन सोच वोकेको नेतृत्वको खाँचो छ | साथै, आफ्ना कमीकमजोरीको विश्लेषण गरि समय, जनताको माग र इच्छा बमोजिम परिवर्तन हुन सक्ने पार्टी र नेतृत्वको अभाव देशले भोग्दै आएको छ | राजनीतिलाई सम्पति कमाउने भाँड़ोको रूपमा प्रयोग भयो भने एउटा स्वास्थ्य र सवल परम्परा वोकेको कुनै पार्टी देशमा जन्मिदैनन | राजनीतिक दलवाट पालै पालो लामो समय राज्य सन्चालन गर्ने मौका पाए | तर, विश्लेषण गर्ने काम भएन | राजनीतिक मनोविज्ञानका रूपमा मात्र भयो | भ्रष्टाचार नसा नसामा उम्लिन थाल्यो | गरिविको गित गल्लि गल्लि र टोलटोलमा सन्चार माध्यमवाट गुन्जिन थाल्यो | तर, राज्य सन्चालकवाट होटल होटलमा गएर मेनु माग्ने, तर म:म नै रोज्ने काम भयो | देशको रुपांतरण र प्रगतिको संभावना वोकेको राजनीतिलाई घृणित खेलमा परिणत गरेर आमसमाजलाई त्यसप्रति वितृष्णा जगाउने खेल मात्र भयो | जननिर्वाचित प्रतिनिधिहरूले रोजगार, शिक्षा, स्वास्थ्य, गाँस, बाँस र कपासको आधारभूत आवश्यकता परिपूर्ति गरि जनमुखी राजनीति गर्नुपर्ने थियो | साथै, जनता र राज्यका अंगहरुको विचमा पुलको काम गर्न सक्नुपर्ने थियो | स्वेच्छिक श्रम परिचालन गरेर स्थानीय विकास निर्माण र सामाजिक सास्कृतिक रूपान्तरणको] अभियान सञ्चालन गर्नुपर्ने थियो | तर, राज्यले जनता प्रति देखाएको ब्यवहार, भेदभाव, वेवस्ता अनि शिक्षा, स्वास्थ्य र पूर्वाधारका मामलामा आस्वासन सँगै दिएका धोका, सिर्जित भोक, रोग, गरिवी अशिक्षा, पिछडापनले जनतामा वितृष्णा र राजनीति प्रतिको नजरमा नराम्रो छाप वस्न गयो | देशको निति र सिद्दान्त एकातिर काम र ब्यवहार अर्को तिर भयो | प्रजातन्त्र भनेको अल्पमतलाई सम्मान गरि वहुमतलाई कदर गरि चल्ने शासन हो | उरुग्वेमा स+घियताका लागि जनमत संग्रह गरियो | ६० प्रतिशत जनता सघियतामा जान मनेनन | यो एउटा प्रजातान्त्रिक ज्वलन्त उदाहरण थियो | यस्ता प्रजातान्त्रिक देशहरू धेरै छन | जहाँ प्रजातन्त्र छ त्यहाँ जनमतको कदर गरिएको छ | नेपालमा ८३ प्रतिशत जनताको चाहाना हिन्दू राष्ट्र थियो | तर, राज्यवाट हिन्दू राष्ट्र चाहिंन्छ कि चाहिदैन भने कुरामा जनमतको कदर गरिएन | यहाँ लोकतन्त्र, गणतन्त्र र प्रजातन्त्र के आएको हो बुझ्न सकिएको छैन | यस्तो प्रबृतिले नेपाली जनताको आस्थालाई कुठराघात गर्ने काम भएन र ? देशलाई समृद्द गरि लोकतन्त्रको संरक्षण, जल र जमिनको राम्रो सदुपयोग गर्नुपर्ने होइन र ?
यदि राजनीतिक दलले देशलाई समृद्द र ब्यवस्थापन गर्न नसक्ने भए अव मौरीको घारमा प्रकृतिले दिएको नियम अनुसार वस्न सक्नुपर्छ | आफ्नो स्वार्थका लागि ति दुखी, दरिद्र र सर्वहारा बर्गलाई उचाल्ने जातीय, वर्गिय, भौगोलिक रूपमा देश र जनता बीचको एकतालाई खल्वालाउने जस्ता कार्य रोक्नुपर्छ | नेपालको जस्तो प्राकृतिक सौदर्य र हावापानी विश्वमा कुनै पनि देशमा पाईन्न | हामीलाई भागवानले नै भरिपूर्ण पारिदिएका छन | हामीले ब्यवस्थापन गर्न सकेका छैनौ | प्राकृतिले दिएको र पुर्खाले आर्जेको चिनारी मास्दै छौ | अव, राजनीतिक दलले नेपाली जनताको बैचारिक, जातीय, वर्गिय र विविधतालाई संवोधन गर्दै सघीय लोकतान्त्रिक, गणतन्त्रलाई गति दिन नयाँ विचार, नयाँ कार्य दिशा, नयाँ नेतृत्व र नयाँ कार्यशैलिले मात्र नयाँ यूगको नयाँ कार्यभार पुरा गर्न सकिन्छ भन्ने कुरालाई मनन गरि स्वतन्त्र, निश्पक्ष, राष्ट्रिय स्वधीनताको, पक्षमा उभिन सक्नुपर्छ | मुलुकको सघियता आर्थिक समृद्दीको आधारमा भएमा तवमात्र विकास सम्भव छ |