३ माघ ।
आफ्नो पेशागत सुरक्षाको माग गर्दै चितवनका नर्सले पनि आन्दोलन गरेका छन । भरतपुर अस्पताल परिषरमा भेला भएर आन्दोलन गरेका हुन । विहान ११ बजेदेखी घण्टा धर्ना दिएका थिए । नर्सको सेवा सुविधामा राज्य नै मौन बसेको भन्दै कडा विरोध गरेका थिए । नेपाल नर्सिङ संघले देशब्यापी थालेको आन्दोलन अन्र्तगत नर्सिङ संघको जिल्ला समितिले चितवनमा आन्दोलन गरेको हो । नर्सिङ संघले अधिकार सहितको नर्सिङ सेवा महाशाखा पुर्नस्थापना गर्नुपर्ने , निजिमा काम गर्ने नर्सको सेवा सुविधा सरकारी अनुसार कायम गर्न माग गरेका छन । संघले श्रम ऐन २०७४ पूर्ण रुपमा लागु गर्न पनि माग गरेका छन । धर्ना पछि आयोजित कोणसभामा बोल्दै नर्सहरुले विरामीको सेवाालाई प्रभावकारी बनाउन पनि नर्सको सुविधा राम्रो बनाउनुपर्ने बताएका छन ।
हिजो र आज तीन घण्टा काम छोडेर आन्दोलन गरेका थिए । भोलीदेखी विहान आठ बजेदेखी आठ घण्टा काम छोडेर आन्दोलन गर्ने कार्यक्रम रहेको जनाईएको छ । माग पुरा नभए तीन दिनपछि पुरै काम छोडेर आन्दोलन गर्ने नर्सिङ संघकी जिल्ला सदस्य मिना भुषालले जानकारी दिनुभयो । नर्सको आन्दोलनका कारण अस्पतालको सेवा प्रभावित भएको छ ।
चितवनका नर्स पनि आन्दोलित
चितवनका नर्स पनि आन्दोलित

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस