चितवन, १ माघ ।
माघे संक्रान्तीको मेला भर्न गएका वृद्धको देवघाटमा नुहाउने क्रममा डुबेर मृत्यु भएको छ ।
सोमबार बिहान करिब साढे १० बजे भरतपुर–१ देवघाटस्थित झोलुंगे पुलमुनि नुहाउने क्रममा ढुंगामा चिप्लिएर डुबेका रत्ननगर–३ का ७८ वर्षीय पदमनाथ अधिकारीलाई उद्दार टोलीले पानीबाट उतारेपनि ज्यान बचाउन सकेनन् ।
त्रिशूली नदीले बगाई त्रिशूली र काली नदीको बीच करिब २–३ सय मिटर तल बग्दै गरेको अवस्थामा सो स्थानमा खटिएको उद्दर टोलीले उद्दार गरी उपचारको लागि अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।