२९ पुष ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम नेतृत्व कार्यसमितिको कार्यकाल साधरणसभा सकिएसँगै भंग हुदैछ । तर, उनी अध्यक्ष हुँदा पूर्वअध्यक्षहरुसँग झुकेर ट्युनिङ मिलाउन आवश्यक नरहेको सार्वजनिक अभिव्यक्ति दिएका छन् । अध्यक्षका उम्मेदवार राजु श्रेष्ठ समूहको पत्रकार सम्मेलनमा उनले भने, “पूर्वअध्यक्षहरुसँग ट्युनिङ मिलाउनु छैन, कामका लागि मिलाउनुछ, शिर झुकाएर ट्युनिङ मिलाउन छैन ।” उनले विगतमा आँफु अध्यक्षमा चुनावमा लड्दा पनि एउटा पनि पूर्वअध्यक्षहरुले समर्थन नगरेको खुलासा गरे । उनले आसन्न चुनावका बेला दुई जना पूर्वअध्यक्षहरु आक्रामक रुपमा खनिएको आरोप लगाए ।
राजीनामा दिएका कर्मचारीले अध्यक्षको विरोध गरे
वर्तमान कार्यसमितिका अध्यक्ष, केहि पदाधिकारी र कार्यसमिति सदस्यहरुको व्यवहार, कार्यशैली र कार्यले काम गर्न असहज वातावरण भएकोले सामुहिक राजीनामा दिएको जनाएका छन् ।
कार्यकारी निर्देशक रसिक प्रधानसहित आशा श्रेष्ठ, दीपकराज विष्ट, ईरा श्रेष्ठले मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा पत्र बुझाएका थिए । शनिबार जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ ‘संघमा लगाइएको कार्य कर्मचारीबाट भएन संघको कर्मचारी नियमावलीमा स्पष्ट रुपमा लेखिएको छ, कुन कुन प्रक्रियाबाट के के गर्न सकिन्छ भनेर । त्यो विषय किन अहिले हामीले राजीनमा दिइसकेपछि ल्याइयो ।’ झण्डै ८ वर्ष संघको सेवामा लागेर निवृत्त भएका कर्मचारीलाई प्रतिष्ठामा आँच आउने गरी लगाइएको झुठा लाञ्छनाको घोर भत्सर्ना गरेको उल्लेख छ ।