रत्ननगर,२७ पुष ।
रत्ननगर–१, बकुलहरस्थित अर्पण बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।
बुधबार चितवन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य कृष्णप्रसाद खनालको प्रमुख आतिथ्यतामा भएको चौथो अधिवेशनले यमन भुषालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा मेघनाथ लामिछाने, सचिवमा सुरज पौडेल र कोषाध्यक्षमा किशोर चालिसे निर्विरोध निर्वाचित भएका यसअघिको कार्यसमितिका अध्यक्ष वेदप्रसाद आचार्यले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य खनालले सरकारी, निजी क्षेत्र र सहकारीविना मुलुकको अर्थतन्त्रको विकास हुन नसक्ने बताए । संक्रमणकाल अन्त्यका लागि लामो समय राजनीतिक आन्दोलन गरिसकेको उल्लेख गर्दै उनले अबको ध्यान समृद्धि र विकास केन्द्रित हुने बताए । साधारणसभा तथा अधिवेशन संस्थाका अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।