२६ पुस । सर्वोच्च अदालतको मानहानी मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले डा. केसीलाई साधारण तारेखमा रिहा गर्न र डा. केसीले लगाएका आरोपबारे अध्ययन गर्न प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्र पनि मगाउन आदेश दिएको छ ।

Dr. Govinda KC Photo: THT File
अदालतको अवहेलनाको मुद्दा गरेपछि सर्वोच्चको आदेशमा डा. केसीलाई सोमबार साँझ अनसनस्थलबाटै पक्राउ गरेका थिए । उनलाई मंगलबार सर्वोच्चमा उपस्थिच गराएर बयान लिइएको थियो ।