भरतपुर, २६ पुस ।
चितवनका युवाले लागूपदार्थ दूव्र्यसनीविरुद्ध अभियानै चलाउने तयारी गरेका छन् । सामाथ्र्य नेपाल, हेल्प फर हेप्पीनेस, एमडब्लुआरआर, एनवाइएन, सिवाइएन, जिआआरले स्कुले विद्यार्थीलाई परामर्श दिदै अभियान चलाउने कार्यमा एक्यवद्ध हुन थालेका हुन् ।
“सबै स्कूल, कलेजमा लागूपदार्थ र दूव्र्यसनीविरुद्धको समूह निर्माण गर्न लाग्नेछौँ”, सामाथ्र्य नेपालका अध्यक्ष अर्जुन भूषालले भने, “विज्ञसहित हामी परामर्श अभियान लिएर जाँदैछौँ, दूव्र्यसनमुक्त समाज निर्माण गर्न लागिपर्नेछौँ ।” उनका अनुसार सडक नाटक, वृत्तचित्र, ¥याली जस्ता गतिविधि निरन्तर सञ्चालन गर्न आवश्यक छलफल भैरहेको छ । हेल्पफर हेप्पीनेसका नविन तिवारीले स्थानीय तहसँग समन्वय गरी युवालाई अभियानमा सहभागि गराइने बताए । लागूपर्दाथ दूव्र्यसनी विरुद्धको अभियान औपचारिक रुपमा माघ २४ गतेबाट सुरु हुनेछ । अभियानले युवालाई कुलतमा लाग्न निरुस्ताहीत गर्ने अपेक्षा गरिएको छ ।