भरतपुर, २६ पुस ।
जेपी मोटर्स भरतपुरले ओम्नी कार्गो भ्यान खरिदमा आकर्षक योजना सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमबीच उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतमले आकर्षक योजनाको औपचारिकरुपमा उद्घाटन गरे ।
१० लाख ३९ हजार मूल्य बराबरको ओम्नी कार्गो भ्यान खरिद गर्दा विभिन्न अफर ल्याएको छ । नगद २० हजारसम्म छुट, एक वर्षको निःशुल्क बीमा, एक वर्षको सवारी कर छुट, नामसारी निःशुल्क जस्ता आकर्षक योजना सार्वजनिक गरिएको हो । जेपी मोटर्सका सञ्चालक प्रतिक श्रेष्ठले विशेष योजना आगामी चैतसम्म लागू हुने उनले बताए ।
विपन्न समुदायलाई लक्षित गरी यो योजना ल्याइएको उनले बताए । प्रभु बैंकमार्फत शून्य प्रतिशत सेवा शुल्कमा सहज फाइनान्सको व्यवस्थासमेत मिलाइएको उनले बताए । शहर तथा भीडमा उपयुक्त, सामान झिक्न र राख्न सजिलो, तेल खपत राम्रो भएकाले यो भ्यान रोजाइँमा पर्ने गरेको बताए ।