चितवन, २५ पौष ।
चितवनको दुर्गम क्षेत्रको रुपमा रहेको माडीको गोविन्दवस्ती आधारभूत विद्यालय अध्ययन गर्ने वाढी पिडीत चेपाङ्ग वालवालिका को अध्ययनको लागि सहयोगार्थ फ्रेण्डशीप फाउण्डेशनले सहयोग गरेको छ । प्रेमवस्ती माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले स्थापना गरेको फ्रेण्डशीप फाउण्डेशनले आफना सदस्यहरु तथा विदेशमा रहेका विद्यार्थीहरुको समेतले सहयोग गरेका थिए । उनीहरुको समेत सहकार्यमा ४५ वटा वेड मंगलवार माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकाल,माडी क्षेत्रका शिक्षा अधिकृत माधव पोख्रेल र फाउण्डेशनको कार्यसमितिका सदस्यहरुले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका थिए ।
माडी नगरपालिकाको वडा नम्वर ९ मा अवस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको लागि फाउण्डेशनले करिव दुई लाख वरावरको सहयोग हस्तान्तरण गरेको हो , यसअगाडि फाउण्डेशनले वालवालिकाको लागि आवश्यक पर्ने भाँडाकुँडा समेत प्रदान गरेको थियो । फाउण्डेशनको तर्फवाट अध्यक्ष प्रभात ढुंगाना, सचिव कूलचन्द्र खनाल,कोषाध्यक्ष दीनवन्धु चापागाई, कार्यसमितिका सदस्यहरु रञ्जित ढकाल, देवी थापा र भारती अधिकारी सहभागी रहेका थिए ।
फाउण्डेशनमा अमेरिका,वेलायत,अष्ट्रेलिया,क्यानाडामा वस्दै आएका विद्यार्थीहरुले समेत सहयोग गर्दे आएका छन् ।
यस अगाडि फाउण्डेशनले प्रेमवस्ती माविमा दन्त शिविरको आयोजना गरेर करिव पाँच सय विद्यार्थीहरुको दाँतको परिक्षण समेत गराएको थियो ।