भरतपुर, २५ पुस ।
बजारको मागलाई मध्यनजर गर्दै चितवनका दुई युवाले मेरो किनमेल डट कम सञ्चालन गरेका छन् । खाना तथा पेय पदार्थको अनलाइनमार्फत अर्डर दिन सक्ने छन् । ग्राहकले अनलाइन तथा अफलाइन मार्फत अर्डर गर्न सक्नेछन् ।
त्यो अर्डरलाई होम डेलिभरि मेरो किनमेलले गर्दछ । ग्राहकले आफुलाई मनपरेको रेष्टुरेण्टबाट अर्डर गरी यो सेवाको लाभ लिन सक्छन् । २०७२ बाट सुरु भएको यो व्यवसायप्रति पछिल्लो समय ग्राहकको आर्कषण बढेको छ ।
सन्तोष कंडेल र शुसिल सापकोटाले सुरु गरेको यो अनलाइन व्यवसाय हाल निकै चर्चामा छ । हालै सम्पन्न Global Student entrepreneur Awards मा तेस्रो हुन सफल भएको छ । अबको केही हप्तामा नै यसको शाखा काठमाण्डौंमा खुल्दै छ । अवसरको खोजीमा विदेश पलायन तिव्र हुदै गर्दा यहाँ भने युवाले केहि आशाका किरण छरेका छन् । हाललाई २५ वटा रेष्टुरेण्ट सँग सहकार्य गर्दै खाना तथा पेयपदार्थ होम डेलिभरी गर्दै आएको छ । सन्तोष कंडेल Presidency College of Management science मा Master गर्दै छन् भने, शुसिल सापकोटा Oxford college of Engineering & Management मा BBA गर्दै छन् । बिहान आठ बजे देखि बेलुका आठ बजे सम्म यस संस्थाले सेवा दिदै आएको छ । यसको डेलिभरि क्षेत्र चितवन र नवलपुर जिल्ला हो ।