पुष २३ -विराटनगरको नोबेल मेडिकल कलेज एक महिलाको प्रसूति गराउने क्रममा शिशुको हातै भाँचि दिएको छ। स्वास्थ्य कर्मीले मोरङको सुन्दरहरैंचा ३ की ३४ वर्षीया तारा आछामीको प्रसूति गराउने क्रममा स्वास्थ्यकर्मीले शिशुको हात भाँचिदिएका समाचर अन्नपूर्णमा लेखिएका छन् ।बच्चाको हात भाँचिएपछि अस्पतालले त्यसलाई सार्वजनिक नगर्न आफूलाई दबाब दिएको ताराका ससुरा धनलाल सार्कीले बताए। धनलालले अन्नपूर्ण संग भने ‘जन्मिएको बच्चाको हात भाँचिएको पाइएपछि अस्पतालसँग हामीले गुनासो राख्यौं,’ ‘आमा र बच्चाको उपचार सबै गरिदिने भन्दै अस्पतालले त्यसलाई सार्वजनिक नगर्न दबाब दिएका कारण हामीले पनि तत्काल यो कुरा बाहिर ल्याउन सकेनौं।’
शिशुको भाँचिएको हातको उपचार गर्न र बुहारीको प्रसूति गराउने क्रममा अस्पतालले आफूसँग ६० हजार रुपैयाँ लिएको पनि उनले बताए। उनका अनुसार प्रसूति गराउने काममा संलग्न चिकित्सकले शल्यक्रिया गर्नु नपर्ने र सामान्य अवस्थामा बच्चा जन्मिन सक्ने भन्दै हात हालेर बच्चा निकालेका थिए।
हात हालेर जबरजस्ती निकालिंदा बच्चाको हातै भाँचिदिएको परिवारको गुनासो छ। अस्पतालले बच्चाको उपचार गर्न नमानेपछि परिवारले यो कुरा बाहिर ल्याएका हुन् ।