भरतपुर,७ जेेठ।
भरतपुर महानगरपालिका वडा नम्बर २५ स्थित शुक्रनगरमा शुक्रबार लुटपाट गरेको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सो घटनामा संकास्पद देखिएका सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक थापाकाले बताए । उनीहरु मध्ये केही घटनामा संलग्न रहेको पाइएको थापाले जानकारी दिएका छन् ।
चितवन प्रहरीले दिएको जानकारीअनुसार मध्यराती मुखमा माक्स लगाएर आएका तीन जनाको लुटेराको समूहले पश्चिम चितवनको शुक्रनगरस्थित एकान्तमा रहेको स्थानिय साहुनी महत्तोको घरमा आक्रमण गरेको थियो । लुटेराले घरमा रहेको सिक्री, मुन्द्रा, मंगलसूत्र, औँठी र नगद पैसा लुटेर लगेको प्रहरीले जनाएको छ ।
लुटेराहरुले रड र हम्मर बोकेर आएको देखेको परिवारको भनाई उद्यृत गर्दै प्रहरीले जनाएको छ । लुटेराकोे गोली लागेर ३२ वर्षीय छोरा गंगा महतोलाई गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । त्यस्तै, लुटेराले हतियार प्रहार गरी घरमुली ५५ वर्षीया साहुनी महतो, र २७ वर्षीय छोरी रामकुमारी महतो पनि घाइने बनाएका छन् ।
घाईतेहरुको हाल चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ । घटनामा संलग्न अन्यको तीव्र रूपमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले गोलीको खोका र लुटेराले प्रयोग गरेको एक थान चक्कु बरामद गरेको प्रहरी प्रमुख थापाले बताए । सुरक्षा प्रणाली निर्वाचनप्रति केन्द्रित भएको अवस्थामा त्यसको फाइदा उठाएर लुटपाट गरिएको थापाले बताए ।