जाडोको समयमा विषेश त बालबालिका, वृद्धवृद्धा र सुत्केरी तथा गर्भवती महिलाहरु बढी जोखिममा पर्छन् । जाडोको समयमा आफ्नो स्वास्थ्यप्रति सचेत भइएन भने स्वास्थ्यमा समस्या मात्रै देखिदैन मानिसको ज्यानै जान सक्छ । जाडो मौसममा रुघा लाग्ने, छाती दुख्ने, बालबालिकामा निमोनिया हुने र सुत्केरी महिला तथा वृद्धवृद्धामा विभिन्न्न समस्या देखिन्छ ।
चिसोबाट बच्न यी कुरामा ध्यान दिनुहोस्
१. न्यानो कपडा लागाउने ।
२. टाउको र हातखुट्टालाई तातो पार्नुपर्छ ।
३. तोरीको तेलले शरीर तथा हातखुट्टा मालिस गर्ने ।
४. तातो, पोसिलो तथा झोलिलो खाना खाने ।
५. चिसोबाट बच्न दुधमा मरिच र बेसार हालेर खाने ।
६. चिसो लाग्न नदिन अदुवा र विरे नुन हालेर पानी उमालेर पिउने ।
७. नियमित तातो पानी खाने ।
जाडोको समयमा हातखुट्टा फुस्रो हुन्छ । त्यसैले छालाईलाई फुट्नबाट जोगाउन राती सुत्नु अघि तोरीको तेलले मालिस गर्नुपर्नेजनस्वास्थ्य विज्ञ डा. उप्रतीले बताइन् । जाडोको समयमा चिसोबाट बच्न आगो ताप्ने चलन पनि रहेको छ । आगो ताप्दा विषेश त शहरबजार तिर प्लास्टिकको झोलाहरु पनि बालेर आगो ताप्ने गरिन्छ । यसरी आगो ताप्दा हातखुट्टा, अनुहार सुख्खा भएर फुट्ने र स्वास्थ्यमा अन्य असर गर्ने डा. उप्रेतीले बताइन् । प्लास्टिकमा हुने टक्सिन नामक रसायनको कारण स्वास्थ्यमा असर पर्छ । त्यसैले प्लास्टिकको प्रयोग गरेर आगो ताप्न हुदैन । भ्यालढोका बन्द गरेर पनि कोठा भित्र आगो बाल्नु हुदैन । चिसोबाट बच्न न्यानो कपडा नै उत्तम हुन्छ ।