२२ पुस । न्यूनतम तापक्रम घटेका कारण चितवन सहित देशभर चिसो बढेको छ ।
चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । चितवनको न्यूनतम तापक्रम ७ . २ डिग्री सेल्सियसमा झरेको छ । घटेको तापक्रमकै कारण चितवनको जनजीवनसमेत प्रभावित बनेको छ ।
मौसमी प्रणालीकै कारण न्यूनतम तापक्रम घटेकाले देशभर चिसो बढेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार अझै न्यूनतम तापक्रम घट्ने हुँदा चिसो बढ्ने सम्भावना छ । आज पनि पूर्वदेखि पश्चिमसम्मको तराई भेगमा बाक्लो हुस्सु लागेको छ । पहाड र हिमाली क्षेत्रमा भने मौसम सफा रहेको छ ।