विप्लव काफ्ले
६ जेठ । माडी नगरपालिकामा निर्वाचित जनप्रतिनिधिले सपथ ग्रहण गरेका छन् । शनिबार विहान निर्वाचन अधिकृत इन्द्रकुमारी थपलियाले मेयर, उपमेयर तथा वडाध्यक्षहरुलाई सामूहिक रुपमा सपथ ग्रहण गराएकी थिइन् ।
गत वैशाख ३१ गते सम्पन्न निर्वाचनमा माडी नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालले ३ हजार ८७३ मत ल्याएर विजयी भएका थिए । उनले ४४ मतले कांग्रेसबाट मेयरमा उठेका खेमप्रसाद महतोलाई पराजित गरेका थिए । यस्तै उपमेयरमा तारा कुमारी काजिमहतो ४ हजार ६९० मत ल्याएर विजयी भएकी थिइन् । उनले ८८६ मत अन्तरले माओवादी केन्द्रकी सरिता महतोलाई पराजित गरेकी थिइन् । मेयर ढकालले वडा सदस्यहरुलाई सपथग्रहण गराएका थिए ।
एमालेले वडा नम्बर ३, ६, ७ र ८ मा वडाध्यक्ष सहित प्यानलमा विजयी भएको थियो । वडा नम्बर ९ मा एक सदस्य बाहेक एमालेले वडाध्यक्ष सहित जितेको थियो । माओवादी केन्द्रले २, ४ र ५ मा वडाध्यक्ष सहित प्यानल जितेको थियो । वडा नम्बर १ मा वडाध्यक्ष र ३ जना सदस्य कांग्रेसले जितेको थियो । वडा नम्बर १ मा माओवादी केन्द्र र राप्रपाले एक÷एक वडा सदस्य पदमा जितेको थियो । यसैबीच, निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले जेठ १० गते माडीमा सामूहि सरसफाई कार्यक्रम गरिने निर्णय गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले माडीको समग्र विकासका निम्ति सर्वदलिय तथा सर्वपक्षिय छलफल गरी विकासको खाका तयार गरिने बताए । यसैबीच, कांग्रेस, एमालेबाट निर्वाचित जनप्रतिनिधिले छुट्टाछुट्टै विजयी ¥याली निकालेका छन् ।