भरतपुर, १८ पुस ।
‘बोस्टन अकोष्टिक इभ’ मार्फत बोष्टन कलेजका विद्यार्थीले अंग्रेजी नया वर्षलाई स्वागत गरेका छन् । बीबिए र एमबीए तहमा अध्ययनरत विद्यार्थीको अग्रसरतामा नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका छन् । सो अवसरमा विद्यार्थीले झण्डै तीन दर्जन सांगितिक प्रस्तुति दिएका थिए ।
विद्यार्थीबीचको सौहार्दतालाई नयाँ वर्षले बलियो बनाउने अपेक्षा गरेको कार्यक्रम संयोजक सुरज आचार्यले बताए । सो अवसरमा बोष्टन इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक राजु तामाङ, एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाई, व्यवस्थापनतर्फ स्नातकतहका कार्यक्रम संयोजक इश्व्र विकल सापकोटा, अतिरिक्त क्रियाकलाप प्रमुख जगदिश तिमिल्सिना, कलेजका परीक्षा प्रमुख पुष्पराज अधिकारीले मन्तव्य राखेका थिए ।