१७ पुस। आजबाट ईश्वी सम्वत्को नयाँ वर्ष २०१८ सुरु भएको छ । यो सम्वत् प्रचलनमा रहेका देशहरुमा धूमधामका साथ नयाँ वर्षको स्वागत गरिएको छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी नयाँ वर्ष आगमनको स्वागत गरिएको छ । पर्यटकीय स्थलहरुमा राति अबेरसम्म नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम भएका छन् । यस अवसरमा शुभकामना आदानप्रदान गर्ने चलन छ ।
नयाँ वर्षको अवसरमा पर्यटकीय स्थलहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमका साथ सडक महोत्सव गर्ने चलन छ ।
चितवनको सौरहालगायतका स्थानमा विशेष कार्यक्रम भइरहेका छन् ।