नवलपरासी, पुस १७ – जिल्ला प्रहरी कार्यालय नवलपुरले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चोरमारा चालिस किलो भन्ने स्थानबाट बसमा लागुऔषध लुकाएर ल्याउँदै गरेका दोलखाको देउराली बस्ने १७ वर्षका सुनिल लामालाई प्रहरीले पक्राउ गरेको हो ।
राजमार्गमा खटिएको प्रहरीको टोलीले जाँच गर्दा लामाको साथबाट फेनारगन १५ एम्पुल, नुफिन १५ एम्पुल र डाइजेपाम सेरिजम १५ एम्पुल बरामद गरीएको प्रहरीले जनाएको छ । पक्राउ परेका लामालाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा राखिएको छ ।
लागुऔषधसहित एक युवक पक्राउ
लागुऔषधसहित एक युवक पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यो पनि हेर्नुहोस