६ जेठ । चितवनको कालिका नगरपालिका पनि नेकपा एमालेले जितेको छ । प्रमुखमा एमालेका खुमनारायण श्रेष्ठ ७ हजार ४ सय ९२ मतका साथ बिजी भएका हुन् ।
उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका कमल प्रसाद आचार्यले ७ हजार १ सय ६४ मत ल्याए । उपप्रमुखमा पनि एमालेकी कमला भट्टराई ७ हजार ५ सय ३५ मतका साथ बिजयी भएकी छिन् ।
उनका प्रतिष्पर्धी काँग्रेसकी निरुजा श्रेष्ठले ६ हजार ७ सय ५० मत प्राप्त गरिन् ।