भरतपुर, १५ पुस ।
लायन्स क्लब अफ बागिश्वरी ले शुक्रबार भरतपुर–२९ मा रहेको राष्ट्रिय आधारभूत विद्यालय रातोमाटेका विद्यार्थीलाई शैक्षिक सामग्री तथा न्यानो कपडा सहयोग गरेको छ । सो विद्यालयका ४६ जना विद्यार्थीलाई स्वेटर टोपी, कपी–कलमलगायत सामग्री सहयोग गरेका हुन् ।
लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५–बीटुका पूर्व डिष्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठ, संयोजक हरिसरण श्रेष्ठ, जोन चेयरपर्सन रामप्रसाद पुडासैनी र विद्यालयका प्रधानाध्यापक चिजकुमार श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम लायन्स क्लब अफ बागिश्वरीका अध्यक्ष विद्यामान शाक्यको अध्यक्षतामा भएको हो ।