भरतपुर, १५ पुस ।
भरतपुरमा बालश्रम न्यूनीकरण तथा बाल संरक्षणका लागि वडास्तरीय सरोकारवालासँग अन्तरक्रियात्मक सचेतना कार्यक्रम गरिएको छ । भरतपुर महानगरपालिका, यूनिसेफ नेपालको सहयोगमा र दियालो परिवार, नारायणगढको आयोजनामा सो कार्यक्रम भएको हो ।
भरतपुर–९ को कार्यालयमा भएको सो कार्यक्रममा वडाध्यक्ष यमलाल कँडेल, बाल संरक्षण अधिकृत महेशराज पौडेल, बाल संरक्षण समितिका संयोजक दीपकराज खनाललगायत सहभागी थिए । सो आवसरमा टोल विकास संस्थाका प्रतिनिधि पनि सहभागी थिए । भरतपुर महानगरपलिकालाई वि.सं. २०७५ सम्म बालश्रममुक्त बनाई बालमैत्री महानगरपालिकाको रुपमा घोषणा गर्नका लागि वडास्तरबाट पूरा गर्नुपर्ने सूचकबारे जानकारी गराइएको थियो ।