गैंडाकोट, १५ पुस ।
राष्ट्रिय महिला अधिकार मञ्चको १० औं परिषद् सुरु भएको छ । शनिबारसम्म चल्ने परिषद्को शुक्रबार भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाहले उद्घाटन गरेकी हुन् ।
मञ्चको ३२ जिल्लामा शाखा छन् । थप ३ जिल्लामा सञ्जाल विस्तार गर्ने तयारी छ । परिषद् संघिय कानून बनाउन, मञ्चको संघीय संरचना विषयमा छलफल हुने मञ्चको सचिवालय संयोजक विजु कँडेलले जानकारी दिइन् । मञ्चमा ४८ हजार ७ सय ६७ जना महिला आबद्ध छन् ।
परिषद्को उद्घाटन गर्दै उपमेयर शाहले महिला अधिकार प्राप्तिका लागि सामाजिक संघसंस्थाको उल्लेख्य भूमिका हुने बताइन् । उनले स्थानीय तहमा महिला सहभागिताले अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने दावी गरिन् । गैंडाकोट नगरपालिकाकी उपमेयर विष्णु कँडेलले हिंसा न्यूनीकरणका लािग मदिरा नियन्त्रणका अभियानहरु चलाउनुपर्ने बताइन् ।
नवलपरासीको विजय विकास स्रोत केन्द्रमा सुरु भएको सो वार्षिक परिषद्को ‘महिला अधिकार मञ्च, नेपाल ऐेतिहासिक यात्रा विषयक’ पुस्तकको विमोचन गरिएको छ । उद्घाटन कार्यक्रममा सहयोगी संस्था एक्सन एडका सदस्य विमल फुयाँल, महासचिव टीका नगरकोटी, सचिव चेतना अधिकारी, मञ्चका निर्मला महतारा, पूर्व अध्यक्ष पुष्पा के.सीलगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा ३२ जना महिलालाई सम्मान गरिएको थियो ।