पौष १५
लियो क्लब अफ चितवन सौराहाले पर्यटकिय नगरी सौराहामा सरसफाई गरेको छ । अग्रेजी नयाँ वर्ष मनाउन पर्यटक आउन थालेपछि लियो क्लबले सरसफाई गरेको हो । क्लबले सौराहाको ड्याम साईड ,रिभर साइड , आर्मी ब्यारेक वरपरका क्षेत्रमा सरसफाई गरेको हो। ।
पर्यटकको बढी भिड लाग्ने क्षेत्रमा सरसफाई गरेको हो ।पर्यटक आकर्षणका लागी क्लबले फोहोर ब्यवस्थापन तथा सरसपाईगरेको अध्यक्ष सौरण रिजालले बताए । क्लबका सदस्यहरुले सरसफाईको क्रममा भेटिएका पर्यटकलाई फोहोर ब्यवस्थापनको वारे जानकारी गराएका थिए ।