भरतपुर, ११ पुस ।
नारायणी कला मन्दिरको अध्यक्षमा अमरदेव प्रधान चयन भएका छन् । नारायणी कला मन्दिरको ४२ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले प्रधानको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
नयाँ सदस्यहरुमा उद्धव जोशी, रवीन्द्र रेग्मी, सुवीर श्रेष्ठ, सुशनलाल प्रधान, अनुकुल श्रेष्ठ, टार्जन श्रेष्ठ, हर्षमान श्रेष्ठ, पुष्प आचार्य, दीपक शाही ठकुरी, गणेशकुमार विपना, सुशिला गोपाल न्याछ्यो चयन भएका छन् । त्यस्तै पधाधिकारीहरु भने नयाँ कार्यसमितिले चयन गर्ने नवनिर्वाचित अध्यक्ष प्रधानले जानकारी दिए ।
साधारणसभा उद्घाटन भरतपुर महानगरपालिककी मेयर रेनु दाहालले गरेकी थिइन् । कार्यक्रमकी प्रमुख अतिथिसमेत रहेकी दाहालले उद्घाटन कार्यक्रममा बोल्दै नारायणी कला मन्दिरको श्रीवृद्धिको लागि सक्दो सहयोग गर्ने बताए । उनले निकट भविष्यमै बन्न लागेको बहुउदेश्यीय सभाहलको लागि आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।
त्यस्तै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष राजन गौतमले नारायणी कला मन्दिरलाई यस अघिका दिनमा उद्योग वाणिज्य संघले सहयोग गर्दै आएको बताउँदै उहाँले अव पनि अभिभावकीय भूमिकामा रहेर सहयोग गर्ने बताए । नारायणी कला मन्दिरका निवर्तनमा अध्यक्ष उमेश अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कला मन्दिरका संरक्षक सदस्यहरु महेन्द्रलाल प्रधान, भरतपुर महानगरपालिकाका वडा नम्बर दुईका अध्यक्ष पुर्णबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष विज्ञानलाल श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।