गैडाकोट ९ पुष ।
गैँडाकोट नगरपालिकाले प्राथमिक्तामा राखी उद्धघोसगरेको कालि गंण्डकीको पानी गैडाकोटको लगानी भन्ने नारालाई सार्थक बनाउनका लागी गैडाकोटमा छलफल सुरु भएको छ । यसलाई पुरा गर्न बिधुत उत्पादन गर्ने उदेश्यका साथ चाईनिज र गैडाकोट नगरपालिकाको टोलीले संयुत्त रुपमा गैडाकोट ३ को ढोडेनीमा रहेको काली गंण्डकीको बाध बाध्ने स्थलमा पुगेर अवलोकन समेत गरेको थियो ।
अवलोकन पस्चात दुबै तर्फबाट सकारात्मक प्रतिक्रियाहरु आएको गैडाकोट नगरपालिकाको मेयरका सचिवालय प्रमुख लक्ष्मि प्रसाद सोतीले जानकारी दिनु भयो । अबलोकन पुर्व नगरपालिका परिसरमा छलफल समेत भएको थियो । गैँडाकोट नगरपालिका र चिनको सेसीयाङ सिटी बिच भगिनि सम्बन्ध स्थापनाका लागी अन्तक्रिया भएको गरिएको सोतीको भनाई छ । गैँडाकोट नगरपालिकामा गैँडाकोटका तर्फबाट मेयर छत्रराज पौडेल र चिनको सेसीयाङ सिटिका तर्फबाट बैदेशीक सम्बन्ध अधिकृत डेभिड याङविच आईतबार नगरपालिका परिषरमा वृहत छलफल तथा अन्तक्रिया भएको थियोे ।
अन्तक्रियामा बोल्दै गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले चिनको सेसीयाङ सिटिसंग सम्बन्ध स्थापीत गरेर विकासको अवधारणा आदान प्रस्तुत गर्न चाहेको बताउनुभयो । उहाँले चिनको सहयोगमा नेपालमै धेरै विकास निमार्णका काम भैरहेको स्मरण गर्दै बन्द भएको भृकुटी कागज कारखानाको विकल्पका बारेमा पनि चिनले सघाउने अपेक्षा व्यक्त गर्नुभयो । टोलिले भृकुटी कागज कारखानाको समेत अवलोकन गरेको थियो ।
कार्यक्रममा बोल्दै सेसीयाङ सिटीका बैदेशीक सम्बन्ध अधिकृत डेभिड याङले सम्भाव्यताको छलफल र अध्ययनपछि आफुहरुले पनि नेपालको विकासका लागी सहकार्य गर्न चाहेको बताउनुभयो ।
नगरपालिकाका सबै निर्वाचीत जनप्रतीनिधीको सहभागीतामा भएको अन्तक्रिया पछि डेभिड याङ सहित नगरपालिकाको टोलीले गैँडाकोट क्षेत्रको पर्यटकीय र औद्योगीक क्षेत्रको अवलोकन गरेको नगरपालिकाका सहायक ईन्जीनियर सोतीले जानकारी दिनुभयो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद रिजाले सहजीकरण गर्नुभएको कार्यक्रममा कृष्ण पाण्डेले भाषानुवाद गर्नुभएको थियो । नेपाल र छिमेकी राष्ट्रविचको सम्बन्धका बारेमा जानकार गैँडाकोट ८ का ध्रुवप्रसाद न्युरेको पहलमा गैँडाकोट नगरपालिका र सेसियाङ सिटिबिच सम्बन्ध स्थापना बारे अन्तक्रिया भएको हो ।