भरतपुर, ७ पुस ।
भरतपुर रिजालचोक स्थित जेपी मोर्टसले ९ गतेसम्म एक्सचेञ्ज क्याम्प सञ्चालन हुने जनाएको छ । क्याम्प मार्फत विशेष एक्सचेञ्ज अफरका रुपमा छानिएका मोडलहरुमा ७५ हजार रुपैयाँ सम्मको एक्स्चेञ्ज बोनस सहित सुजुकीका मोडलमा प्रतिस्पर्धात्मक छुटपनि उपलब्ध गराउने जनाएको छ ।
सुजुकीको चारपाङ्ग्रे सवारी साधनका लागि नेपालको आधिकारिक बिक्रेता तथा सीजी होल्डिगंको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपालभर पुस ७ देखि ९ गते सम्म सुजुकी कार एक्स्चेञ्ज क्याम्प सञ्चालन गर्ने भएकोे हो । उपभोक्तालाई थप सहजताको अनुभव दिने सोचका साथ कम्पनीले ‘अनस्पट भ्यालुएशन’का र ‘अन स्पट फाइनान्स’ सुविधापनि प्रदान गर्ने सिजी मोटोकर्पले जनाएको छ । क्याम्प अवधिभर पूराना कारका लागि उत्कृष्ट मूल्यांकन सहित सुजुकी ब्राण्डका चार पाङ्ग्रे सवारी साधन खरिद गर्ने उपभोक्तालाई उत्कृष्ट डिलपनि प्रदान गरिने जनाइएको छ । सुजुकी ब्राण्डका चार पांग्रे अन्तर्गत देशकै सर्वाधिक कार रेञ्जहरु उपलब्ध रहेका छन् । कम्पनीद्वारा नेपाली बजारमा उपलब्ध गरिएका सर्वाधिक लोकप्रिय कार रेञ्जहरुमा अल्टो ८००, केटेन, वागन आर, सेलेरियो, स्विफ्ट, ईग्निस, डिजायर, बलेनो, ब्रेजा, एसक्रस, सियाज, ओम्नी कार्गो, ओम्नी भ्यान र ईको लगायत रहेका छन् ।