भरतपुर, ७ पुस ।
नेपाल युवा रेडक्रस सर्कल अरोमा स्कूलको आयोजनामा बिहिबार स्कुल परिसरमा सम्पन्न रक्तदान कार्यक्रममा १ सय ९४ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा विज्ञान र व्यवस्थापन संकायका १ सय ४१ जना छात्र र ५३ जना छात्राले रक्तदान गरेका थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपानेले जाडो महिनामा रगतको कमीका कारण हरेक वर्ष समस्या आउने गरेको बताए । उनले यस समयमा अरोमाले रक्तदान कार्यक्रम गरेर मानवीय कार्यमा ठूलो सहयोग गरेकोमा स्कूललाई धन्यवाद व्यक्त गरे ।
सर्कलकी अध्यक्ष विपना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्कलका संरक्षक तथा पिन्सिपल शेरबहादुर क्षेत्री, विशिष्ट अतिथि भरतपुर वडा नम्बर १० का वडा अध्यक्ष अरुणपीडित भण्डारी, स्कूलका अध्यक्ष कृष्णप्रसाद सापकोटा, कार्यक्रम निर्देशक जीवन केसी, राजेश शर्मा र नेत्र भुसालले मन्तव्य व्यक्त गरेका थिए । हरेक वर्ष स्कूलको वार्षिक कार्यक्रमअन्तर्गत गर्ने कार्यक्रममा गतवर्ष १३५ जनाले रक्तदात गरेका थिए ।