प्रमिता ढकाल
६ जेठ ।
राप्ती नगरपालिकाले आफ्नो पहिलो मेयर पाएको छ ।
आज वडा नम्बर सातको मतपरिणाम सार्वजनिक भएसंगै राप्ती नगरपालिकाको पहिलो मेयरका रुपमा महिला उम्ममेदवार प्रभा बराल विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको हो ।
नेकपा एमालेका उम्मेदवार प्रभा बराल ११ हजार ६ सय १३ मत प्राप्त गर्दै राप्तीको पहिलो मेयर बन्न सफल भएकीछिन् ।उनले आफ्ना निकटतम मानिएका नेपाली कांग्रेसका उमेदवार भूषण ओलीलाई ४ हजार ३ सय २१ मतले पछि पार्दै इतिहास रचेकीछन् ।राप्तीको उपमेयरमा नेकपा एमालेकै उमेदवार इमानसिंविजयी भएकाछन् ।लामाले ११ हजार ८ सय ८२ मत प्राप्त गर्दा निकटतम मानिएका नेपाली कांग्रेसका उमेदवार अनिता मैनालीले ७ हजार ७४ मत मात्र प्राप्त गरेकीछिन् ।राप्तीमा माओवादी केन्द्रका तर्फबाट मेयरका उमेदवार रमचन्द्र पाठकले २ हजार ४ सय ९५ मत प्राप्त गरेकाछन् ।भने उपमेयरमा कल्पना मोक्तानले २ हजार ६४ मत प्राप्त गरेकीछिन् । राप्ती नगरपालिकामा १३ वटा वडा मध्य ११ वडा अध्यक्षमा नेकपा एमाले विजयी भएको छ भने दुई वटा वडामा नेपाली कांग्रेसले बाजी मारेको छ ।
नगरपालिकाको वडा नं १ मा नेकपा एमालेका उम्मेदवार सिद्धिलाल स्याङतान , वडा नं २ मा नेकपा एमालेका उम्मेदवार श्याम सुन्दर उप्रेती, वडा नम्बर ३ मा एमाले कै उम्मेदवार राजकुमार उप्रेती , ४ मा नेकपा एमालेका शम्शेर लामा, ५ मा पनि नेकपा एमालेका उम्मेदवार मेनका पाठक विजयी भएकी छिन् । यस्तै वडा नं ६ मा जल्लु महतो, ७ मा नेकपा एमालेकी सुनिता डल्लाकोटी ,८ मा एमालेका बुद्धि राज थपलिया विजयी भएका छन् । यस्तै वडा नम्बर १० मा पनि एमाले कै अम्बर बहादुर तामाङ, ११ मा एमालेका उम्मेदवार दिल बहादुर तामाङ र १३ मा नेकपा एमालेका उम्मेदवार सुर्य बहादुर चेपाङ विजयी भएका छन् । वडा नं ९ मा भने नेपाली कांग्रेसका देवेन्द्र लामा र १२ मा नेपाली कागं्रेसकै अर्जुन प्रजा विजयी भएका छन् ।
साविकको पिप्ले भण्डारा र विरेन्द्रनगर गाभिएर बनेको राप्ती नगरपालिका मा कुल २९ हजार ९ सय ९८ मतदाता रहेकाछन् । स्थानिय तह निर्वाचनमा राप्तीमा २३ हजार २ सय ३२ जनाले आफ्नो मताधिकार प्रायोग गरी जनप्रतिनिधि चुनेकाहुन् ।