भरतपुर, ४ पुस ।
आमाको महिमा वर्णन गर्दै सोमबार मानव सेवा आश्रमले आमा सेमिनार गरेको छ । मानव सेवा आश्रममा संस्थापक रामजी अधिकारी मुख्य वक्त रहेको सेमिनारमा उनले अभिभावकको महत्वका वारेमा प्रस्तुती दिएकाछन् । आजीवन सन्तानका लागि मरिमेट्ने अभिभावकलाई जीवनको उत्तराद्र्धमा अपहेलित गरी घरबाट बाहिर छोड्ने कुसंस्कार मौलाउंदै गएकाले त्यसका विरुद्ध एक हुन उनले आह्वान गरेकाछन् ।
नारायणी कला मन्दिर नारायणगढमा आयोजित आमा सेमिनारमा उनले मानव सेवा आश्रमको स्थापना र यसले गरेका कार्यबारे जानकारी गराए। घरपरिवारबाट विविध परिस्थितीमा परेर टाढिएकाहरुलाई आश्रय दिने र परिवारसंग पुर्नमिलन समेत गराउने कार्यमा मानव सेवा आश्रम तल्लिन रहेको छ । नारायणी कला मन्दिरको सभाहलमा सेमिनारमा हजारौंको संख्यामा रहेका सहभागिलाई मुख्य वक्ता अधिकारीले सुनाएका अनुभव र केही प्रतिनिधपात्रका कथाले आसुं थाम्न नसक्ने बनाएको थियो । सडकपेटीमा वेवारिसे जीवन बिताउन बाध्यहरुलाई त्यस्ता परिस्थिती सृजना नै नहुने वातावरण बनाउन संस्कार र सभ्यता आजको आवश्यकता रहेको अधिकारीले जोड दिए ।
कार्यक्रममा विद्यायलका विद्यार्थी, दश जोड दुई तथा कलेजका विद्यार्थी, विभिन्न समुह,संघसंस्थाबाट प्रतिनिधि एवम् सर्वसाधारणले सहभागिता जनाएकाथिए ।उनीहरुले समाज रुपान्तरण र सभ्यता विकासमा मानव सेवा आश्रमको अभियान प्रशंसनिय भएको बताएकाछन् ।सो अवसरमा चितवन निर्वाचन क्षेत्र नम्बर दुई प्रदेश सभा ख का निर्वाचित सदस्य विजय सुवेदीले मानव सेवा आश्रमले सुरु गरेको अभियानले समग्र नेपाललाई सुन्दर बनाउने संकल्प गरेको बताए । मानव सेवा आश्रमले थालेको सडकमा शुन्य वेवारिसे व्यक्ती अभियानलाई चितवनमा साथ दिन आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएकाछन् । कार्यक्रममा मानव सेवा आश्रम सञ्चालनका लागि सहयोग पु¥याउने व्यक्तित्व,हरुलाई सम्मान समेत गरीएको छ ।