चितवन, २४ मंसिर ।
चितवन क्षेत्र नं. २ (ख) मा बाम गठबन्धनका तर्फवाट उम्मेद्वार बनेका एमालेका विजय सुवेदी विजयी भएका छन् । सुवेदी ८ हजार ९ सय २ मतको अन्तरले विजयी भएका हुन् । सुवेदीले २१ हजार ५ सय ७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका प्रकाश अधिकारीले १२ हजार ६ सय ७० मत प्राप्त गरे ।