भरतपुर, ३ वैशाख ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट मङ्गलबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. ३.१५ र डिजेलमा रु. २.६२ ले घटेर आएपछि नेपालमा पनि मूल्य समायोजन गरिएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
लिटर पेट्रोलमा रु. ३ र डिजेल/मट्टितेलमा ३ रुपैयाँले घटाइएको छ । जसअनुसार अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ तय भएकाे छ ।
नयाँ मूल्य राति बाटै लागू भैसकेको छ ।