चितवन, ३१ चैत ।
लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ‘३२५ आर’ को गभर्नरमा चितवनका नवराज सापकोटा निर्विरोध निर्वाचित भएका छन् । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ‘३२५ आर’ को तेस्रो राष्ट्रिय महाधिवेशनबाट शतप्रतिशत ध्वनि मत पाएर लायन वर्ष २०२५/२६ का लागि एमजेएफ लायन नवराज सापकोटा डिष्ट्रिक्ट गभर्नरमा निर्विरोध निर्वाचित भएका हुन् ।
महाधिवेशनबाट लायन वर्ष २०२५/२६ का लागि अन्तर्राष्ट्रिय निर्देशक इन्डोर्समा पिडिजी एमजेएफ लायन डिके ढुंगाना निर्विरोध निर्वाचित भएका छन् । लायन वर्ष २०२५/२६ का लागि भाइस डिष्ट्रिक्ट गभर्नरमा एमजेएफ लायन प्रभाकर पण्डित र सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नरमा पिएमजेएफ लायन दीपेन्द्र खतिवडा दीपक निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी इलेक्ट डिष्ट्रिक्ट गभर्नरबाट डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरीमा पिएमजेएफ लायन गंगा सापकोटा, डिष्ट्रिक्ट क्याबिनेट ट्रेजररमा लायन विकास पौडेल मनोनित भएका छन् ।
छ वटा क्लस्टर प्रमुखमा रमेश पुडासैनी (क्लस्टर नम्बर एक), शिवलाल पुरी (क्लस्टर नम्बर दुई), अजामिन ढकाल (क्लस्टर नम्बर तीन), राजु पिया (क्लस्टर नम्बर चार), अमृत काफ्ले (क्लस्टर नम्बर पाँच) र इन्दिरा पाण्डे (क्लस्टर नम्बर छ) रहेका छन् ।
रत्ननगर नगरपालिका वडा नम्बर सात, नगर सभा हल, सौराहामा शनिबार सम्पन्न लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ‘३२५ आर’ को तेस्रो राष्ट्रिय महाधिवेशनबाट लायन वर्ष २०२५/२६ का लागि नयाँ नेतृत्व चयन गरिएको हो ।